नियम ९८
बीमाको व्यवस्था
(१) कुनै कर्मचारीको सेवामा छदै मृत्यु भएमा ऐनको दफा ४३
बमोजिम बीमा वापत एक लाख पचास हजार रूपैयाँ ऐनको दफा ५० को उपदफा (५)
बमोजिमको व्यक्तिलाई दिइनेछ :-
(२) सेवामा कार्यरत कर्मचारीहरूको कामको सिलसिलामा हुन सक्ने शारीरिक
क्षतिको लागि नेपाल सरकारले अर्थ मन्त्रालयको परामर्श लिई व्यवसायिक बीमाको कार्य
योजना बनाई लागू गर्नेछ ।
(३) सेवामा बहाल रहेका प्रत्येक कर्मचारीले प्रत्येक छ महिनामा आफ्नो
स्वास्थ्यको परिक्षण गराई त्यसको अभिलेख आफु बहाल रहेको कार्यालयमा राख्नु पर्नेछ ।